मतदान केन्द्रमा गोलि चल्यो: स्थिति नियन्त्रणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – बाजुराको बुढीगंगा नगरपालिकामा आज भइरहेको पुन मतदानमा झडपको कारण तनाव सिर्जना भएको छ ।

बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडपको स्थिती सिर्जना भएको प्रहरीले जानकारी दिएको छ ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । दुई पक्षीय तनावबीच केही समयलाई मतदान रोकिएको थियो । हवाई फायरपछि स्थिती नियन्त्रणमा आएको र अहिले फेरि मतदान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

बैशाख ३० गतेको निर्वाचनमा मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array