सामाजिक सञ्जालमा गर्ने पोस्टका कारण आलोचना खेप्दै मेयर हर्कराज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०७९, बुधबार
2 Min Read
Aa

धरान – स्वतन्त्र बाट जितेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले ‘सामाजिक सञ्जालमा गर्ने पोस्टका कारण आलोचना हुन थालेको छ।
हालै मेयर राइले फेसबुकमा लेखेका २ वटा स्टाट्स – “तरहरा धरान बिचको सडक बनाउने ठेकेदारलाई सम्झेको छु ! कुन दिन लाइभ भेटाउँछ ! काम गर्न नसक्नेले जिम्मा किन लिनु ? फटाहा… ।” अर्को भने ” आज एका बिहानै देखि शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको भिडियोले दिमाग बिगारिराछ !

धरानमा यो खाले घटना नघटोस् ! यदि घटेमा सम्बन्धित शिक्षकलाई जेल हाल्ने त पक्का छ त्यो भन्दा पहिले मोसो दलेर सहर घुमाइनेछ !

मेयर राइ को फेसबुक स्टाटस बिषयमा ” उनि फ़्रस्टेट ” भएको हो कि भनेर टिप्पणी समेत गर्न थालेको छ भने अर्को तिर उनि आफै ढुंगा उचाली सस्तो लोकप्रियता बटुल्ने तिर लाग्नु भएको भनि आरोप समेत लाग्न थालेको छ। मेयर ले आफ्नो अमुल्य समय, आफ्नो मातहतमा भएको रिसोर्स लाइ कुशल व्यवस्थापन र एक्सिकिउसन गर्नु पर्ने हो तर उनी अभियातनाबाट माथि उठ्न नसकेको भनेर चर्चा चल्न थालेको छ ।

मेयर राइ को जित ले देश भरि स्वतन्त्र उम्मेदवारहरु को मनोबल उच्च भएको छ भने आगामी चुनावमा पार्टिको उम्मेदवारहरु लाइ स्वतन्त्र उम्मेदवार को कारण थप चुनौतीको सामना गर्नु पर्छ भनेर अड्कल गर्न थालेको छ। स्वतन्त्र बाट जितेको मेयर राइलाइ असफल गर्न अनेकन षड्यन्त्र हुदै छ कि भन्नि चिन्ता उनका शुभ चिन्तकहरु लाइ हुनथालेको छ।

मेयरमा राइ जितेपछि देश भित्र मात्र नभई देश बाहिर पनि मेयर राइको साधारण लुगा र सादगी को चर्चा चलेको छ।

तस्विर श्रोत सामाजिक संजाल बाट

 

प्रतिक्रिया दिनुहोस्

TAGGED: