तिब्बती शरणार्थीहरु सहभागी कार्यक्रममा कूटनीतिक मिसनका प्रतिनिधिहरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमान्डौ – लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिनको अवसरमा जन्मोत्सव कार्यक्रमको संयोजन गरेको छ। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा १४ औं दलाई लामा हुन्।

तिब्बती समुदायले जाउलाखेलमा एक कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएका हुन्। यस अवसरमा अहिले जावलाखेल एकान्तकुनास्थित शरणार्थी क्याम्पमा ठूलो भेला भैरहेको छ
कार्यक्रममा तिब्बती समुदायका बालबालिकाले नेपालको राष्ट्रिय गान गाएका थिए भने तिब्बती परम्पराअनुसार दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरेका थिए।

लगभग  हजार जना तिब्बती शरणार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न देशको कूटनीतिक मिसनका प्रतिनिधिहरुको समेत उपस्थिति देखिन्छ भने धार्मिक नेताको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै पूजापाठ,साँस्कृतिक झाँकी प्रदर्शन र बाजागाजाको आयोजना गरिएको थियो ।

तिब्बती शरणार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न देशको कूटनीतिक मिसनका प्रतिनिधिहरुको समेत उपस्थिति देखिन्छ ।  नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख म्यानुअल पी. मिकलर, जापान, फान्स, युरोपियन युनियनलगायतका विदेशी कूटनीतिज्ञ सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्