नेपालबाट १० करोड भन्दा बढीको कफी विदेश निर्यात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । चालू आर्थिक वर्ष २०७८ ७९ को ११ महिनाको अवधिमा नेपालबाट १० करोड ६६ लाख रुपैयाँ बराबरको कफी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको कफी निर्यात भएको हो ।

विभागका अनुसार यस अवधिमा नेपालबाट ६२ हजार किलोग्राम कफी निर्यात भएको छ । नेपालबाट विश्वका विभिन्न १६ वटा देशमा कफी बिन्स निर्यात भएको देखिन्छ । जसमध्ये, सबैभन्दा धेरै युरोपियन मुलुकमा निर्यात भएको विभागले जनाएको छ । जर्मनीमा १ करोड ८५ लाख रुपैयाँको कफी निर्यात हुँदा स्वीजरल्याण्डमा २ करोड ४३ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, जापानमा ३ करोड ७३ लाख रुपैयाँको कफी निर्यात भएको तथ्यांकले देखाएको छ ।

यसबाहेक, अष्ट्रेलिया, अष्ट्रीया, क्यानडा, चीन, अमेरिका, बेलायत, इटाली, हङकङ, नर्वे, दक्षिण कोरिया लगायतका देशमा निर्यात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array