पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ ।

सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

गयराति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array