संसदबाट पूरा भयो बजेट पारितको सबै प्रक्रिया, श्रावन १ गतेबाट कार्यान्वयन हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । आर्थिक वर्ष २०७९र०८० को बजेटको सबै प्रक्रिया संसदबाट पूरा भएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको दुवै सदनमा पेश गरेको बजेट पारित प्रक्रिया सोमवार पूरा भएको हो।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित भएको सन्देश सुनाएका थिए ।

प्रतिनिधिसभामा लामो छलफलपछि पारित विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (२५ औँ संशोधन) विधेयक २०७९ पारित भएर राष्ट्रियसभामा गएका थिए।

नयाँ आर्थिक वर्षको बजेट साउनदेखि कार्यान्वयनमा आउने छ।

प्रतिक्रिया दिनुहोस्