संसदमा ओलीको हँकार, एसपीपीमा मेरो संलग्नतालाई पुष्टि गरियोस्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘म प्रधानमन्त्री भएपछि एसपीपी सम्झौताका लागि पत्र पठाइएको भनिएको छ । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन । नेपाली सेनाले प्रचलन भनेको छ । यस्ता पनि प्रचलन हुन्छ र ? प्रचलन नै हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई बनाउने हुन्छ र ?

तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीका रुपमा एसपीपीका सम्बन्धमा गरेको निर्णय वा निर्देशन प्रमाण संसदमा पेस गर्न उनले चुनौती दिए । एसपीपीबारे अहिले लिक भएको मस्यौदा धेरै गम्भीर भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array