नयाँ मन्त्रीहरुको शपथ आजै हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । जसपाबाट मन्त्री बनेकाहरुको शपथ आजै हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । उनले भने, ‘शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद हेरफेर गरेका छन् । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रालयको जिम्मा दिइएको छ ।

जसपाले यसअघिका कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वनमन्त्री राम सहाय प्रसाद यादवलाई फिर्ता बोलाएर प्रधानमन्त्री समक्ष नयाँ सूची बुझाएको थियो ।
यस विषयले जसपा भित्र बाबुराम भट्टराई पक्षलाई भने असन्तुष्ट बनाएको छ । पार्टी विभाजनको चरणमा पुगेको नेताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: