कुन कम्पनीको साधारण सेयर (आईपीओ)आजदेखि बिक्री खुलेको ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०७९, सोमबार
1 Min Read
Aa

काठमान्डौ – आजदेखि अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित साढे १९ लाख कित्ता बिक्री खुलेको छ ।

धितोपत्र बोर्डका अनुसार कम्पनीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलेको हो । यसमध्ये, कर्मचारीका लागि ३९ हजार १५० कित्ता सेयर छुट्याइएको छ । यस्तै, ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

खासगरी, कम्पनीले आफ्नो जारी चुक्ता पूँजी १ अर्ब ३५ करोडको २४.५ प्रतिशत सेयर जारी गर्ने छ । यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

TAGGED: