सोमवारको राशिफल:ॐ सदगुरु गोरक्षनाथको कृपा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०७९, सोमबार
6 Min Read
Aa
RASHIFAL

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रेमभाव बढ्नेछ । मित्रमिलन हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग पनि छ भने जागिरमा केही अल्छीपन छाउनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता बढ्ने र इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुने योग छ । आरोग्यता बढ्ला । पराक्रम बढनुको साथै अधुरा काम बन्ने अनि नयाँ काम पाउने सम्भावना प्रवल छ । पढाइमा भने मन नजाला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पराक्रम र आशा उत्साह बढ्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्रायः सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सुखकारी नरहला । यात्रामा सफलता प्राप्त हुने योग रहे पनि स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विवाद बढने सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । प्रेममा भने सफलता प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज व्यस्तता बढे पनि आरोग्य वृद्धि हुनेछ । आफन्तसित भेटघाट हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्ला । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आज अप्रत्यासित रुपमा धनलाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति पनि मिल्ला । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ । मनोकूलको काममा सफलता मिल्नाले दिन खुशी साथ बित्नेछ । रोकिएको काम बन्नुसंगै नयां काम पनि बन्नेछ । रसविलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज आयबलका साथै मान महत्व बढ्नेछ । मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज कर्मबल बढ्ने योग रहे पनि आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने सम्भावना रहेकोले होस राख्नुहोला । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । प्रेमपथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । धैर्य र संयमले काममा सफलता दिलाउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): शुभता वृद्धि हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा ब्यहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ला जस पाउने सम्भावना कमै रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भागदौड बढ्ने र पारिवारिक सुख प्राप्त हुने दिन छ । रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । पढाइमा सफलता मिल्नेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य, बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । आज तपाइलाइ काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आनन्द बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रयासरत काममा सफलता मिल्ने योग रहे पनि आज चोटपटकको भय छ । हातहतियारबाट जोगिएर काम गर्नुहोला । छरछिमेकसंग सामान्य मनमुटाव पर्ने सम्भावना छ । ठूलाव्यक्तिबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि संभावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: