देश अनियन्त्रित मुद्रास्फीतिको चपेटको बेला दुई करोड डलर अग्रीम भुक्तानी?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०७९, आईतवार
2 Min Read
Aa

काठमान्डौ -यतिबेला नेपाल लगायत विश्वभरका धेरै देशहरु अनियन्त्रित मुद्रास्फीतिको चपेटामा छन् । भारतमा खुद्रा मुद्रास्फीति अझै ८ वर्षकै उच्च छ । अमेरिका र बेलायतमा मुद्रास्फीतिको दर हाल धेरै दशकहरूमा सबैभन्दा उच्च छ। नेपालको याे मुद्रास्फीति विगत ६४ महिना (पाँच वर्ष)कै उच्च हो । अहिले दैनिक उपभोगका अत्यावश्यक वस्तु (तरकारी, खाने तेल, दाल, चामल)को मूल्य आकासिएको छ । आधारभूत आवश्यकता अन्तर्गतको अर्को क्षेत्र स्वास्थ्य सेवा र गैरखाद्य सामग्रीको मूल्य पनि चुलिएको छ । बेलैमा नियन्त्रण गर्ने उपाय नल्याउने हो भने यसै आर्थिक वर्षको अन्त्यसम्ममा मुद्रास्फिति झण्डै दोहोरो अंकमा पुग्ने अनुमान गर्न सकिन्छ ।

अर्कातिर, अमेरिका भ्रमणमा रहेको सैनिक टोलीलाई त्यहाँको हतियारमा निकै चासो छ । एकातिर, केपी ओली सरकारले दुई वर्षअघि नै सम्पूर्ण रकम भुक्तानी गरेर पनि अहिलेसम्म हतियार आइपुगेको छैन । त्यसबेला १० हजार थान एम– १६ हतियार खरिद गर्न टीटीमार्फत दुई अर्ब १९ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको थियो । अहिले फेरि हतियारकै लागि दुई करोड डलर अग्रीम भुक्तानी प्रक्रिया अगाडि बढाइएको छ ।

उताबाट भुक्तानी पठाउन प्रधानसेनापतिहरुको टोलीले तारन्तार फोन गर्दै दबाब दिइरहेको राष्ट्रबैंक स्रोतले जनाएको छ । अघिल्लो भुक्तानीबारे महालेखाले रक्षा मन्त्रालयको नाममा बेरुजु निकालेको छ । फेरि अर्को लटको पैसाको ताकेता हुँदा कर्मचारीहरू के गर्ने, के नगर्ने भनेर अलमलमा परेका छन् । अहिले गर्नुपर्ने भनिएको भुक्तानीको म्याद पुससम्म (डिसेम्बर २०२२) छ । सेनाको तीव्र दबाबपछि भुक्तानीको प्रक्रिया मन्त्रिपरिषद्बाट अगाडि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: