बागमतीमा गठबन्धन भत्काउने एमालेको रणनीतिः विश्वासको मत दिन तयार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ । बागमती प्रदेशमा सत्ता गठबन्धन भत्काउन एमालेले जसको नेतृत्वमा सरकार बनेपनि विश्वासको मत दिन तयार रहेको बताएको छ । तर, आफूले भने सरकारको नेतृत्वमा दाबी नगर्ने र सरकारमा पनि नजाने एमालेको भनाइ छ ।

नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धन भित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टीले विश्वासको मत दिने बताए । ‘गठबन्धनका जुनसुकै दललाई पनि विश्वास मत दिन तयार छौँ । हामी आफैँ भने सरकारमा जाँदैनौं र नेतृत्वमा पनि दाबी गर्दैनौँ ।

सत्ता गठबन्धनभित्र नेतृत्वको विषयमा विवाद चलिरहेको बेला एमालेले गठबन्धन फुटाउने रणनीतिका साथ जसको नेतृत्वमा सरकार बनाएपनि विश्वासको मत दिने बताएको हो । पूर्व सहमतिअनुसार भन्दै काँग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै हस्ताक्षर संकलन गर्न थालेको छ । मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेसका इन्द्र बानियाँले केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array