प्रदेस सरकार परिवर्तनको निर्णय गठबन्धनको बैठकबाट हुन्छः मुख्यमन्त्री पाण्डे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको बैठकबाट हुने बताएका छन् । बागमती प्रदेशमा सरकार परिवर्तनको कसरत सुरु भएसँगै मुख्यमन्त्री पाण्डेले सो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मुख्यमन्त्री पाण्डेले गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने समेत बताएका छन् । उनले भनेका छन्, ‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रिय बैठकबाट हुनेछ। गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन् ।’

- Advertisement -
Ad imageAd image

बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका दलहरु बीच भएको भनिएको पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो । गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधा आधा समय सरकारको नेतृत्व गर्ने सहमती भएको बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्