प्रधानसेनापति शर्मा अमेरिकामा, प्रवक्ता भन्छन्ः नयाँ निर्णय केही हुँदैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । असार १३ देखि अमेरिकाको औपचारिक भ्रमणमा निस्केका शर्माले असार १५ मा वासिङ्गटन डीसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीको भ्रमण गरे । लेबनान र सिरियामा नेपाली शान्ति सैनिकले खेलेको भूमिका अवलोकन गरेर शर्मा अमेरिका पुगेका हुन् । उनी अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा अमेरिका भ्रमणमा गएका हुन् । नेपाली सेनाले प्रधानसेनापतिको भ्रमणलाई ‘सद्भावना भ्रमण’ भनेको छ ।

असार १४ मा प्रधानसेनापति शर्माले पेन्सलभेनियास्थित संयुक्त राज्य आर्मी वार कलेज र संयुक्त राज्य आर्मी हेरिजेट एण्ड एजुकेशन सेन्टरको भ्रमण गरे । प्रधानसेनापति शर्मा र संयुक्त राज्य आर्मी वार कलेजका कमाण्डेन्ट मेजर जनरल डेभिड सी हिलसँग भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो कलेजबाट अहिलेसम्म १६ जना नेपाली सेनाका अधिकृतहरु दीक्षित भएका छन् ।

नेपाली सेनाका एक जना महासेनानी हाल सो कलेजमा तालिमरत छन् ।

प्रतिक्रिया दिनुहोस्

Array