कीर्तिपुरमा १३ वर्षीया बालिका भईन बलात्कृत, किन बढ्छन यस्ता भटना ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौँको कीर्तिपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका ५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका १० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता मुस्ताङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय यस्ता प्रकृतिका घटनाहरु बढिरहेका छन । कानूनको फितलो कार्यान्वयन र अभिभावकहरुको कम निगरानीले यस्ता घटनाहरु भएको नागरिकहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array