दुईतिहाइको सरकारले पनि जनतालाई संमृद्ध बनाउन सकेनः पुर्वप्रधानमन्त्री खनाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संसदीय इतिहासमा दुईतिहाइको सरकार बन्नु दुर्लभ भए पनि त्यो सरकार पनि माछो माछो भ्यागुतो जस्तो भएको टिप्पणी गरेका छन् । यसले जति काम गर्नुपर्ने थियो त्यो काम गर्न नसकेको ठिप्पणी गरेका छन ।

तत्कालीन नेकपाको पालामा बनेको केपी ओली नेतृत्वको सरकारले जनतालाई निराशाको लहर ल्याएको उनको दाबी छ । पूर्व सांसद मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले स्थानीय तह निर्वाचनको नतिजा जनतामा देखिएको निराशाग्रन्थको रूपमा आएको बताए । खनालले संविधानले भनेअनुसार समाजवादमा जानका लागि भविष्यको नेपालको परिकल्पना गरेर अगाडि बढ्नुपर्ने बताए ।

खनालले संविधानमा उल्लेख भएको नेपाली विशेषताको समाजवादबारे बहस गर्न पूर्व सांसद मञ्चलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्