डलरको भाउ अहिलेसम्मकै उच्च

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा रहेको छ। डलरको भाउ अहिलेसम्मकै उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १५४ रुपैयाँ २० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: