बिराटनगर – निरन्तरको वर्षा पछि, बाढीका कारण विराटनगरका विस्थापित भएकाहरुलाई ‘हाम्रो अभियानका’ संयोजक वसिम आलमको नेतृत्वमा निशुल्क खाना वितरण सुरु गरेको छ ।

मङ्गलबार बेलुका एक सय ६५ जनालाई खाना वितरण गरेको बताउँदै उनले बुधबार विहान दुई सय ४५ जनालाई खाना बाँडिएको बताए । बुधबार बेलुका तीन सय जनालाई खाना वितरण गरेका छन् ।
“हाम्रो अभियानले” गत मङ्गलबार बेलुकाबाट खाना वितरण सुरु गरेको छ भने अभियानका संयोजक वसिम आलमका अनुसार सिंघिया खोलामा आएको बाढीका कारण विस्थापित भएकाहरुलाई विहान बेलुकाको खाना वितरण सुरु गरेको हो ।
कार्यक्रम सफल हुनमा संयोजक आलामले राम्रो टिम वर्कको कारण सम्भव भएको बताए।
‘संयोजक’ आलम कोरोना महामारी नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनका बेला दैनिक ८ सय जनालाई खाना वितरण गरेको थियो ।
(तस्विरहरुः सामाजिक संजालबाट)
प्रतिक्रिया दिनुहोस्