सिटिजन्स बैंकका ग्राहकले होटल हिमालयन भिल्लामा छुट पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्ला प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array