आयल निगम पुग्यो टाट पल्टिने अवस्थामा, प्रधान कार्यालयको जग्गा धितो राख्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौ । नेपाल आयल निगमको आर्थिक स्थिति नाजुक बन्दै गएको छ । पेट्रोलियम पदार्थको बक्यौता रकम तिर्न नसकेपछि निगमले प्रधान कार्यालय र त्यसले चर्चेको जग्गा धितो राखेर ऋण लिन लागेको हो ।

टेकुस्थित प्रधान कार्यालय बनाउन किनिएको जग्गा धितो राखेर तीन अर्ब रुपैयाँ ऋण लिन लागेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । भारतीय आयल निगम (आइओसी) लाई बक्यौता रकम बुझाउन नसकेपछि ४२ रोपनी जग्गा धितो राख्न लागेको उनको भनाइ छ ।

निगमले तीन महिनाअघि यसका लागि अर्थ मन्त्रालयसँग अनुमति मागेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जर्नादन शर्मा, योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सचिव र निगमका कार्यकारी निर्देशकसहित गत सोमबार बसेको बैठकले धितो राखेर ऋण निकाल्न अनुमति दिएको होे ।

अर्थ मन्त्रालयको जमानीमा निगमले राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिन लागेको हो । प्रवक्ता उपाध्यायकाअनुसार सो पत्र निगमले प्राप्त गरेको छ । निगमले आईओसीलाई बुझाउनुपर्ने बक्यौता रकम २२ अर्ब रुपैयाँभन्दा बढी छ । चालू वर्षको ११ महिना अर्थात् जेठसम्म निगमले ४९ अर्ब ५० करोड रुपैयाँ घाटा व्यहोरेको छ ।

निगमले सात अर्ब माग गरे पनि अर्थले तीन अर्ब रुपैयाँका लागि अनुमति दिएको हो । तर उक्त रकम हात्तीको मुखमा जिरा भएको प्रवक्ता उपाध्याय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: