४१ अंकले बढ्यो नेप्से आज मात्रै १ अर्ब ४३ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ४१ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४१.३९ अंकले बढ्दै नेप्से सूचक १९६२.७१ अंकमा उक्लिएको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.५५ अंकले बढेर ३७९.१५ अंकमा उक्लिएको छ । ​यस दिन सबै उपसूचकहरु धनात्मक भएर बजार नै हरियाली भएको छ । ४१ अंकमाथिले बढेको बजारमा आज १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ट्रेडिङ समूहको उपसूचक अधिकतम ६.५६ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ४.४३ प्रतिशतले, फाइनान्स समूह ४.१४ प्रतिशतले, हाइड्रोपावर समूह ३.९३ प्रतिशतले, अन्य समूह ३.५९ प्रतिशतले र होटल तथा पर्यटन समूह ३.४६ प्रतिशतले बढेको छ ।

यस्तै, माइक्रोफाइनान्स समूह र म्चुअल फन्ड समान २.७९ प्रतिशतले, म्यानु एण्ड प्रो २.७७ प्रतिशतले, निर्जीबन बीमा समूह २.५२ प्रतिशतले, इनभेष्टमेन्ट समूह २.४१ प्रतिशतले र जीन बीमा समूह १.३ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १.९१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: