आफुलाई लोकप्रिय भन्ने टेलिभिजनले पत्रकारलाई दिएनन तलब, प्रेसकाउन्सिलमा उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ । मालिकले तलव नदिएपछि न्यायाधीशहरुलाई समेत ३(४ लाख बार्गेनिङ्ग गर्दै केही सन्चारकर्मीले गुजारा चलाउन बाध्य भएको इमेज च्यानल टेलिभिजन र बानेश्वरस्थित अर्को च्यानल (जनता टेलिभिजन) ले श्रमजीवी पत्रकारहरुलाई तलब नदिएपछि प्रेस काउन्सिलमा उजुरी परेको छ । काउन्सिलको श्रमजीवी हित तथा कानुन उपसमितिले श्रमजीवी पत्रकारलाई तत्काल पारिश्रमिक दिन आग्रह गरेको हो ।

प्राप्त उजुरीमाथि अध्ययन भइरहेको र सत्य तथ्य बुझ्न स्थलगत निरीक्षण गर्न लागिएको बताउँदै गरिएको निर्णयमा भनिएको छ,‘श्रमजीवी पत्रकारले जीवनको कुनै पर्वाह नगरी काम गरिरहेको सर्वविदितै छ । यस्तो अवस्थामा कुनै पनि सञ्चारगृहबाट श्रमजीवी पत्रकारको सेवा सुविधा रोक्ने, सेवाबाट निष्कासन गर्ने कार्य नगर्न नगराउन सम्बद्ध सबै पक्षसँग फेरि पनि आग्रह गर्दछ ।’

हिजो बसेको उपसमिति बैठकले ती टेलिभिजनमा कार्यरत पत्रकारलाई सेवाबाट हटाइएको लामो समयसम्म पनि पारिश्रमिक नदिइएकोप्रति काउन्सिल गम्भीर भएको दावी गरिएको छ । इमेजको टेलिभिजनतर्फ कार्यरत एक महिला पत्रकारले कैयौं महिनादेखि एक जना न्यायाधीशसङ्ग ३ लाख बार्गेनिङ्ग गरेको अडियो रेकर्ड फेला परेको छ । सोवारे समेत काउन्सिलले छानवीन गर्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array