खुमलटारमा रोपाइँ महोत्सवः मन्त्रीले मेसिनले रोपे धान, किसानले पाएनन मल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । रोपाइँ गरेर आज विभिन्न जिल्लामा राष्ट्रिय धान दिवस मनाइँदै छ । दिवसको अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले पनि रोपाइँ महोत्सव आयोजना गरेको छ ।

कार्यक्रममा कृषि मन्त्री महिन्द्र राय यादवले मेसिनमार्फत् धान रोपेर धान रोपाइँको शुभारम्भ गरे । रोपाहारले भने हातैले धान रोपेका थिए । रमन्त्रीले मेसिनबाट धान त रोपे तर, किसानले रासायनिक मल भने पाएनन । मलको अभावमा नै धान रोप्नु परेको किसानहरु बताउँछन ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ठेकदारको कारण रासायनिक मल अभाव भएको बताए । मलको ठेक्का प्रणाली नै राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्