देशभर भिषण वर्ष, उच्च सतर्कता अपनाउन विभागको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । बुधवार बिहानै देखी मुलुकका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टा काठमाडौंमा ठूलो वर्षा भएको छ ।

यस्तै कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, आसपासमा ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले यी क्षेत्रमा अब ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाले बाढी, पहिरो निम्याउने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न पनि विभागले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: