सडकमा खानेकुरा बिक्रि निषेधले हैजा नियन्त्रण हुन्छ ? लोकप्रियाता बटुलन निर्णय हो?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
2 Min Read
Aa

 

काठमाडौं– उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले मंगलबारदेखि सडक पेटिमा खानेकुरा बिक्रि गर्न निषेध गरेको छ।

सस्तो लोकप्रयिता बटुलन हतारमा गरएिको यो निर्णय हो वा साचिकै जनताको स्वास्थलाइ ध्यानमा राखी लिएको निर्णय हो भनि चर्चा चलेको छ। यदि महानगरपालिकाले नागरिकको स्वास्थ प्रति गम्भीर छन् भने, सडकमा पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक  मात्रले हैजा नियन्त्रण हुन्छ ? सडक पेटीमा पाइने खानेकुरा खानु नखानु उपभोक्ताको चेतनाको कुरा हो।

यो निर्णयले अनेकौ परिवारको रोजगारी खोसिने छन्, तिनका विकल्प के भनि चर्चा चल्न थालेको छ।

स्वस्थ जीवनको लागि शुद्ध वायु र पानी अति आवश्यक हो , उपत्यकामा वायु को अवस्था तोकिएको मापदण्ड भन्दा तल छ भने पानी को अवस्था झन् गम्भीर छ।

बिभिन्न बिषयमा बोल्दै आएका अभियन्ता सुरजित दत्त अनुसार पिउने पानी लाइ उमालेर पिउने ले मात्र हैजा वा पानी बाट सर्ने रोगबाट उन्मुक्ति पाइन्न , खाना खाए पछि कुल्ला गर्दा, हात मुख सफा गर्द्रा पनि शुद्ध पानीको प्रयोग गर्नु पर्छ।सलाद तैयार पार्नु आगडि अशुद्ध पानीले तरकारीलाइ तथा फलफुललाइ पखाल्न शुद्ध पानीको प्रयोग गर्नु पर्छ। कुल्ला गर्न र भाडामा खाना पश्किन अगाडि भाडालाई पनि शुद्ध पानीले पखाल्नु पर्छ नत्र जोखिम उच्च हुन् जान्छ।

राजधानीमा हफ्तौ देखि थुप्रिएको फोहोर र हैजालाइ जोडेर चर्चा भने चलेको छैन।

महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ । सो निर्णयको चौतर्फी आलोचना हुन थालेको छ। सडकमा बेचिने खानेकुरा बाट हैजा फैलिएको छ भन्ने अनेकौ प्रश्न उठन थालेको छन।

व्यवस्था परिवर्तन सगै जनताले सुशासनको अनुभूति गर्न पाएका भने छै। निर्णय लिनु अगाडि महानगरपालिका भित्र रहेका होटल रेष्टुराँको खाद्य स्वच्छता को अवस्था अनुगमन गर्नु आवश्यक थियो। पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न पहल प्राथमिकतामा किन परेन भनेर जानकारहरु आलोचना गर्छन।
सस्तो लोकप्रियाता बटुलन हतारमा गरिएको निर्णय हो भनि टिप्पणी गर्न थालेका छन्।

ज्ञातव्य छ, नागरकिको सहजताका लाग िकामपाले २४सै घण्टा ११८० हटलाइन टेलफिोन सोमबारदेख िसञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: