जहाज र हेलिकप्टर रात्री पार्किङका लागि काठमाडौं बाहिरका विमानस्थलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०७९, मंगलवार
2 Min Read
Aa

 

काठमाडौं- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टर रात्री पार्किङका लागि पुग्नुपर्ने भनिएको छ।

नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन्। ३५ वटा जहाज भने काठमाडौंबाहिर पुग्नुपर्नेछ। जम्मा सञ्चालनमा रहेका जहाजमध्ये एक तिहाई काठमाडौं विमानस्थलमा र दुई तिहाईलाई बाहिरका लागि आधार तोकिएको छ।

सरकारले तोकेको आधार विमानस्थलमा बुद्ध एयरका सञ्चालनमा रहेका १६ जहाजमध्ये छ वटा, यतीका पाँचमध्ये तीन वटा, श्री एयरका आठमध्ये छ वटा काठमाडौं बाहिरका विमानस्थलमा जानुपर्नेछ। त्यस्तै सौर्यका तीनमध्ये दुई वटा, समिटका चारमध्ये तीन वटा, ताराका तीनमध्ये दुई वटा जहाज बाहिर पुग्नुपर्ने भनिएको थियो।

सीता एयरका चारमध्ये तीन वटा, गुणका सातमध्ये पाँच वटा र नेपाल एयरलाइन्सका सञ्चालनमा रहेका दुई वटा ट्विनअटरमध्ये एउटाले उपत्यका बाहिरबाट पहिलो उडान गर्नुपर्ने निर्देशन थियो।
हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्नेछ। जसमा प्रभुका ६ वटै पोखरा विमानस्थल, श्रीका ८ वटामध्ये ३ वटा बाहिर, नेपालगन्ज विमानस्थलमा सिम्रिकका ५ वटै हेलिकप्टर रात्री पार्किङका लागि पुग्नुपर्ने निर्देशन थियो।

एयर डाइनेस्टीका दुई वटा, फिस्टेलका दुई वटा हेलिकप्टरले काठमाडौंबाहिर तोकिएको आधारबाट पहिलो उडान गर्ने गरी प्राधिकरणले आधार विमानस्थल तोकेको थियो।

अहिले २० वटा जति हेलिकप्टर  काठमाडौंस्थित विमानस्थलमै छन्,जुनकी क्षमताभन्दा बढी हो ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: