प्रशासकीय अधिकृत अख्तियारको फन्दामा : कागजात र भौचर नक्कली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०७९, मंगलवार
1 Min Read
Aa

रुपन्देही- व्यवस्था फेरीए पनि जनताले सुशासानको अनुभूति गर्न सकेको भने छै। रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओमसतिया गाउँपालिका–४, मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत अनुमानभन्दा कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमाभन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी दुई लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा नोक्सान पुर्याएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेपालसँगै इञ्जिनियर लवकुश चाई र सब इञ्जिनियर सन्तोष भूसालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुबाट गैरकानुनी रुपमा हानी नोक्सानी भएको दुई लाख ६१ हजार आठ सय ५५ रुपैयाँ ९० पैसा जफत गर्नुपर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array