मन्त्री पद मात्र हैन झाँक्रिलाई मन्त्रीक्वाटर समेत प्यारोे, नयाँ मन्त्रीले पाएनन क्वाटर र पार्किङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एक सातापछि मात्रै मन्त्री निवासछाड्ने भएपछि नवनियुक्त मन्त्री मेटमणि चौधरीले मन्त्री क्वाटर र पार्किङ अभाव झेल्नुपरेको छ । सामान्यतयाः मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि झाँक्रीले भने हप्ता दिनपछि मात्रै मन्त्री निवास छोडेर आफ्नो घर बानेश्वर जाने भएकी हुन् ।

झाँक्रीले मन्त्रीबाट राजीनामा दिएपछि नयाँ मन्त्रीमा मेटमणि चौधरीले जिम्मेवारी सम्हालेका छन् । बुद्धनगर बस्दै आएका चौधरीको डेरामा गाडी पार्किङको व्यवस्था नभएपछि मंगलबार राति मन्त्री निवास पुल्चोकमा पार्किङ गरेर पुनः डेरा फर्किएका थिए । चौधरी मन्त्री भएपनि डेरामा गाडी पार्किङको व्यवस्था नभएपछि समस्यामा परेका छन् ।

सार्वजनिक पदमा बसेका जो कोही व्यक्तिले आफ्नो पदीय जिम्मेवारीबाट मुक्त भएपछि तत्काल बरबुझारथ गर्नु पर्ने व्यवस्थालाई आजकाल बेवास्था गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array