एमालेले कैलाली जिल्ला अध्यक्ष थापा अध्यक्षको जिम्मेवारीबाट बर्खास्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ । नेकपा एमालेले पार्टीका कैलाली अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट बर्खास्त गरिएको छ । सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै उनलाई अध्यक्ष पदबाट हटाइएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । उनको साधारण सदस्य भने कायमै रहनेगरी निर्णय भएको छ ।

‘प्राप्त भएका सिफारिश, प्रमाण तथा दस्तावेजहरूलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन गरेको बैठकले ठहर गरको छ’ पाठकले भने ।

पार्टीको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट गम्भीर प्रकृतिको अनुशासनको उल्लंघन भएको बैठकले ठहर गरेको छ । अध्यक्षबाट थापालाई हटाइएपछि रिक्त पदमा बहालवाला उपाध्यक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।

पार्टीका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले प्रदेश कमिटीमा गरेको अनुशासन कारबाहीको सिफारिश तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययनपछि सो निर्णय गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array