जर्मनीको बाभारिएन आल्पस पर्वतको चुचुरोमा अवस्थित रहेको सुविधासम्पन्न सोल्स एल्माउ रिसोर्टमा धनी मुलुकका नेताहरू भेला भएका छन् , जहाँ विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूका राज्य र सरकार प्रमुखहरू विश्वव्यापी मामिलाहरूको बारेमा कुरा गर्न भेला हुन्छन्।

जर्मनीको बाभारिएन आल्पस पर्वतको चुचुरोमा रहेको सोल्स एल्माउ रिसोर्टमा भएको छलफलमा उनीहरुले विश्वको सबैभन्दा ठूलो वस्तु बजारमा देखिएको तेलको मूल्यलाई नियन्त्रणमा ल्याउन पहल गर्ने बताएका छन् । तर उक्त योजनाको खास रणनीति भने सार्वजनिक भएको छैन ।
यहा राजनीतिक छलफल र बिचारको आदानप्रदान र गोप्य बैठकहरूको लामो परम्परा रही आएको छ।
जर्मनीको बाभारिएन आल्पस पर्वतको चुचुरोमा रहेको सोल्स एल्माउ रिसोर्टमा भएको छलफलमा उनीहरुले विश्वको सबैभन्दा ठूलो वस्तु बजारमा देखिएको तेलको मूल्यलाई नियन्त्रणमा ल्याउन पहल गर्ने बताएका छन् । तर उक्त योजनाको खास रणनीति भने सार्वजनिक भएको छैन ।

सात धनी देशका राष्ट्र तथा सरकार प्रमुखहरुले रुसले बिक्री गर्दै आएको कच्चा तेलको मूल्यलाई नियन्त्रण गर्ने मनशाय राखेका हुन् ।
तर, बेलायत,जर्मनी र फ्रान्सबाहेक युरोपका अधिकांश मुलुक रुसी तेल र ग्यासको भरमा दैनिक जीवन यापन गरिरहेका छन् । जुन तुलनात्मक रुपमा सस्तो पनि देखिन्छ ।
उनीहरुले चीनको बीआरआईविरुद्ध नयाँ योजना पनि अघि सारेका छन् । अब जी ७ समूहले पनि पूर्वाधारमा लगानी गर्ने योजना बनाइएको छ । तर,चीनले अघि सारेका पूर्वाधार योजना विश्वका विकासोन्मुख र कम विकसित मुलुकहरुमा झण्डै एक दशकदेखि कार्यान्वयनमा आइसकेकाले पनि जी ७ को पछिल्लो घोषणा कार्यान्वयनमा समस्या देखिने बताइन्छ ।
श्रोत : निउज एजेन्सी ( तस्विरहरु अन्तरास्ट्रिय संचार माध्यम बाट )
प्रतिक्रिया दिनुहोस्