अध्यक्षलाई बधाई दिंदा झुक्किए प्रधानमन्त्री देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०७९, मंगलवार
2 Min Read
Aa

काठमाण्डौ । केहि दिन अघि प्रधानमन्त्रि शेरबहादुर देउवा नेपाल प्रेस युनियनका अध्यक्षलाई बालुवाटारमै बोलाएर बधाई तथा शुभकामना दिँदा आफै झुक्किएका छन । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को कार्यकारी सदस्यमा निर्वाचित भएको समाचार प्रचारित भएपछि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुभेच्छुक संस्थाका अध्यक्षलाई बधाई दिनु सामान्य विषय हो ।

 

सिग्देल ओमानको राजधानी मस्कटमा सम्पन्न आइएफजेको विश्व कंग्रेसबाट एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको कार्यकारी सदस्यमा निर्वाचित भएको तथ्य बाहिरियो त्यतिबेला बधाई दिनेहरू छक्क परे । प्रधानमन्त्रीलाई नै बेवकुफ बनाएको भन्दै सिग्देलइतर समुहले टिप्पणी गरेको छ ।

त्यो भेटमा प्रधानमन्त्री देउवाले युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु खुशीको कुरा भन्दै हात मिलाएर बधाई दिएका थिए । प्रधानमन्त्री मात्र नभै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा।नारायण खड्का, पूर्वमन्त्री रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलगायतले पनि सिग्देललाई बधाई दिए ।

पत्रकार महासंघ र विभिन्न पेशागत संघसंगठनहरुले पनि शुभकामना भने तर युनियन अध्यक्ष सिग्देल खासमा भारतीय पत्रकार युनियनको महासचिव तथा आइएफजेका उपाध्यक्ष सबिना इन्दर्जितको अध्यक्षतामा गठित एसिया—प्रशान्त पत्रकार संगठनको सदस्यमा निर्वाचित भएका हुन् ।

यता, आइएफजेकै केन्द्रीय कार्यसमितिमा परेको भन्दै प्रधानमन्त्री लगायतले बधाई दिने मात्र काम भएन विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन, प्रसारणसमेत भयो । सिग्देलले पनि स्विकारोक्ति सहित बधाई थापिरहे तर ओमानको राजधानीमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वल्र्ड कंग्रेसमा उनी कार्यकारी सदस्य निर्वाचित भएको भनेर किन झुक्यानमा पारियो, यो पनि चर्चाको विषय बनेको छ ।

युनियनकै कार्यवाहक महासचिव भिष्मराज ओझाले त यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल पहिलो व्यक्ति भएको समेत भनेका छन् । श्रमजीवी पत्रकार हकहित र लोकतन्त्रका लागि योगदान गर्ने लगायत उद्देश्यसाथ ०४८ साल जेठ १३ गते स्थापित प्रेस युनियनमा नौ वर्षसम्म एकछत्र अध्यक्ष हुने कीर्तिमान समेत सिग्देलको नाममा अंकित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array