मंगलबारदेखि देशभर ठुलो पानी पर्ने, बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलवारदेखि बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

यस्तो जोखिम बिहीवारसम्म रहने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले आग्रह गरेको हो ।

विभागका अनुसार भोलिबाट बिहीवारसम्म देशका पहाडी भू)भागमा पहिरो र गेग्रान बहावको जोखिम छ । साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार मंगलवार रातिदेखि प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानहरूमा मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै सुदूरपश्चिमका तराई क्षेत्र र कर्णालीका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

Array