अष्ट्रेलियाको राजदूतमा माधव नेपालका बहिनी ज्वाईं कैलाशराज पोखरेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाको राजदूतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाईं कैलाशराज पोखरेललाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कैलाशराज पोखरेललाई अष्ट्रेलियाको राजदूतमा नियुक्त गर्नुभएको हो ।

हिजै इजरायलका लागि नेपाली राजदूतमा कान्ता रिजाललाई पनि नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

उहाँहरु क्याबिनेटको सिफारिस, संसदीय समितिको सुनुवाई र सिफारिसपछि हिजो सम्बन्धित देशको निम्ति राजदूत नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: