ग्लोबल फण्डको रकम सरकार मातहतमा ल्याउन पहल गर्छुः नवनियुक्त स्वास्थ्य मन्त्री खापुङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । सरकारले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरी तयारी गरेको छ । सोमबार नवनियुक्त मन्त्री भवानी खापुङले यस सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार अब यो प्रस्ताव मन्त्रिपरिषदमा पुग्नेछ । हाल ग्लोबल फण्डको रकम गैर सरकारी निकाय सेभ द चिल्ड्रेन मार्फत खर्च हुँदै आएको थियो । तर सन् २०२४ मा सुरु हुने नयाँ साइकलका लागि ग्लोबल फण्डको रकम सरकारमातहत नै खर्च हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको प्रवक्ता डा। मिश्राले जानकारी दिइन् ।

सोमबार नै स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहण गरेका खापुङले दूरदराजमा रोग पहिचान गर्न कठिनाइ हुने र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने बताएका छन् । उनले क्यान्सर, मुटु, मिर्गौलाजस्ता रोगको उपचारमा विशेष महत्व दिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्