न गोर्खाली वीरता छ न गोर्खा गौरव ?: निरिह हामि देशवासीहरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०७९, शनिबार
2 Min Read
Aa
GREAT GORKHA EMPIRE महान गोर्खा साम्रज्य

जुन समयसम्म गोर्खाहरूको ( साम्राज्य ) देशमा, गोर्खा राजा, वीर गोर्खा सेनानीहरू अर्थात जीउँदा जाग्दा देश भक्त गोर्खाहरू थिए, त्यो बेलासम्म खैरेर सेतो छाला भएकार फिरङ्गी गोराहरु र गोराहरूका नीतिलाई पालना गर्दै आफूलाई गोरा जस्तै ठान्ने कालाहरू समेतले गोर्खा शक्तिप्रति कुदृष्टि राख्ने त परै जावस सोच्ने हिम्मतसम्म गर्दैनथे ।

द्रव्य शाहद्वारा स्थापित गोर्खा राज्यको बिस्तार गर्न शुरु गर्ने गोर्खा दरबार,राज्य विस्तारलाई निरन्तरता दिने नुवाकोट दरवार र हनुमानढोका दरबार तथा संरक्षण गर्दै आएको नारायणहिटी दरबार समेतका ४ वटा फोटाहरू

विदेशीहरूको स्वार्थलाई पुरा गरेमा आफ्ना निजी स्वार्थहरू पुरा गर्न सकिने उद्देश्य लिएका स्वदेशी अपराधीहरूका दास बृत्तिका कारणले द्रव्य शाहद्वारा स्थापित ,पृथ्वीनारायण शाह र बहादुर शाह समेतबाट विस्तारित तथा शाहबंशीय गोर्खा राजाहरुबाट संरक्षित यो गोर्खा राष्ट्रमा न गोर्खा राजा छन, न गोर्खा राजसस्था छ, न गोर्खाहरूबाट अर्जित आफ्ना सबै भूभागहरू गोर्खाहरुका अधिनमा नै छन्, न यो देश निर्माण गर्ने काममा रगत पशिना बगाउने तथा अरू तरिकाबाट गोर्खा राज्य विस्तार गर्ने र विस्तारित भूभागलाई संरक्षण गर्ने क्रममा योगदान दिने वीर गोर्खाका सन्तानहरु भएर पनि हामी यो देश निर्माण गर्ने वीर गोर्खाहरूका सन्तान हौ भन्न सक्ने क्षमता भएका मानिसहरू नै छन ? अझ प्रष्टसंगले भन्नु हो भने त यो देशमा न गोर्खाली वीरता छ न गोर्खा गौरव ?

यो देशमा छन भनेका उनै खैरेर सेतो छाला भएकार फिरङ्गी गोराहरु र गोराहरूका नीतिलाई पालना गर्दै आफूलाई गोरा जस्तै ठान्ने कालाहरू समेतका निर्देशनमा रहने शर्तमा भर्ति भएका, स्वार्थी, पैसामा राल चुहाउने, लोभी, पापी, ज्यानमारा, बातकी, पातकी, छेतकी, लुटेरा, हाइज्याकर जस्ता मानिसहरूबाट हुँदै आएका “टाउको दुखेको ओखती नाइटामा दल्ने जस्ता काइते प्रयाशहरुले” गोर्खाहरुबाट अर्जित यो देश र निरिह पारिएका देशवासीहरुका इच्छा आकांक्षा र चाहनाहरू पुरा नहुने भएकाले पुरा गर्नकालागि पृथ्वीनारायण शाहको “दिव्य उपदेश” को कार्यान्वयन बाहेक अरू उपाय छैन ।

जय गोरखनाथ, जय गोर्खा ।।
( स्मरणकालागि प्रस्तुत छन्: ( द्रव्य शाहद्वारा स्थापित गोर्खा राज्यको बिस्तार गर्न शुरु गर्ने गोर्खा दरबार,राज्य विस्तारलाई निरन्तरता दिने नुवाकोट दरवार र हनुमानढोका दरबार तथा संरक्षण गर्दै आएको नारायणहिटी दरबार समेतका ४ वटा फोटाहरू)।
साभार : डि राज कोइराला ( फ़ेसबुक वाल बाट )

प्रतिक्रिया दिनुहोस्

Array