१३ किलो गाँजा सहित लाल काजी बाराबाट पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ । बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका ३ का ३३ वर्षीय लाल काजी रहेका छन् ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको प्र. ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array