जुम्लामा नुनको अभाव, सरकारी कार्यलय बेखबर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । जुम्लामा नुन अभाव देखिएको छ। कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए ।

१५ वर्षको अन्तराल पछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् । गाडी जुम्लामा २०६३ साल चैत ३० गते पुगेको थियो । कर्णाली राजमार्ग पुग्नुभन्दा पहिला जुम्लामा नुनको विषयमा राजनीतिक खिचातानी गरिन्थ्यो । सडक विस्तार सँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भइ सहजै उपभोक्ताले नुन पाउने अवस्था भएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले जुम्लामा भरिभराउ नुनका गोदाम रित्तिएको बताए । उनका अनुसार सडक पुगेपछि पहिलो पटक नुन अभाव भएको हो । जुम्लामा तीन वटा डिपो छन् । खलंगास्थित डिपोमा १ सय ७९ क्विन्टल मात्र नुन मौज्दात छ । मौज्दात हेर्दा असार अन्तिमसम्म पनि पुर्‍याउन सकिने अवस्था नरहेको प्रमुख मल्ल बताउँछन् । नुनको अभाव झेलिरहेका नागरिकहरुको गुनासोलाई संबोधन गर्नुपर्नेमा सरकारी कार्यलयहरु बेखबर बनिरहेका छन ।

जुम्लामा दैनिक नुन लिने सेवाग्राही डेढ सय जति पुग्छ छन् । मल्लका अनुसार प्रतिव्यक्ति पाँच केजी मात्र नुन दिने प्रवन्ध गरिएको छ । हप्ताको तीन दिन डिपो खुलाउने गरिएको छ। आइतबार, मंगलबार र बिहीबार नुन दिइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्