विभाजित समाज,विषयान्तर र आर्थिक भार मा अल्मल्याएर गृहयुद्ध तर्फ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
6 Min Read
Aa
FLYNN

अन्ततः गृहयुद्ध

💥 भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी रहेछ, नेपालको इतिहास सम्बन्धि केही पुस्तक पाइन्छ की भनेर खोज्न भनेर गएको त काम लाग्ने खालको एउटै पुस्तक पाइएन तर बामपंथी लेखकहरु द्वारा लेखिएको पुस्तकहरुको भने चाँग लागेको थियो।

💥२०६३ सालपछि नेपालको सामाजिक आर्थिक राजनीतिक लगभग समाजको हरेक क्षेत्रमा वामपन्थी वर्चस्व रहेकोे छ, गत निर्वाचनमा त झन्डै दुई तिहाई बहुमत सहितको वामपन्थीको सरकार नै बन्यो।
अहिले पनि प्रमुख प्रतिपक्षी पार्टी बामपंथी नै छ, सरकारको मुख्य टेको पनि बामपंथीकै छ, सडकमा पनि ससाना बामपंथी पार्टीहरु नै छ, मजदुरको नाउँमा खोलिएको ट्रेड युनियनमा एक लौटी वर्चस्व बामपंथी कै छ, गैरसरकारी संस्था NGO पनि ८०% बामपंथी कै कब्जामा छ। मानवअधिकारवादी देखि महिला अधिकार सम्म आदिवासी जनजाति देखि दलित जाति सम्म खोलिएका संघ संस्थाहरुमा एकछत्र बामपंथीको कब्जामा छ।

💥 ०६३ यताको हाम्रो समाज भनेको बामपंथी प्रभाव समाज हो, हाम्रो संस्कृति बामपंथी संस्कृति हो, हाम्रो सोंच चिन्तन बामपंथी चिन्तन हो, त्यसले उत्पादन गरेको हाम्रो समाजमा वृद्ध- वृद्धमा हेर्नु हुन्छ भने भेलु बाजे जस्तो, युवा नेतामा पुण्य गौतम जस्तो कार्यकर्तामा बैसाखी डन जस्तो किशोरमा हेर्नुहुन्छ भने भिटेन जस्तो युवतीमा सावित्री सुवेदी जस्तो उत्पादन हुनुको कारण नै समाजमा बामपंथीकरण बाट पैदा भएको संस्कारहिन उद्दण्ड समाज हो।

💥 नेपालमा कम्युनिस्ट स्थापना देखि अहिलेसम्म जन्मजात अमेरिका बिरोधि भारत बिरोधिको रूपमा आफुलाई चिनाउने पार्टी भनेको बामपंथी पार्टी हो, बोलीबिच्छे घरीघरी अमेरिकी साम्राज्यवाद भारतिय विस्तारवाद भन्नु उनीहरुको लागि लामाले माला जपेको जस्तै हुन्थ्यो ! कार्यकर्ताहरुलाई अमेरिकी साम्राज्यवाद भन्दै भित्ते लेखन भाषण पर्चा पम्प्लेट गर्नु भनेको कम्युनिस्टको जन्मजात धर्म नै हुन्थ्यो। अमेरिका भन्ने नाउँ नै नसुनेको गाउँलेले कम्युनिस्टकै भाषण बाट पहिलोपटक अमेरिका भन्ने नाम सुनेको मुलुकमा अब स्थायी रूपमा अमेरिकी सैन्य अखाडा बस्दै छ र त्यो पनि कम्युनिस्ट नै कम्युनिस्टको बोलवाला भएको मुलुकमा ! समाज कम्युनिस्टमय छ, सरकारी गैरसरकारी संघसंस्था कम्युनिस्टमय छ, सरकार कम्युनिस्टमय छ, पत्रकार कम्युनिस्टमय छ, जनता कम्युनिस्टमय छ तर त्यही मुलुकमा अमेरिकाको सेना बिना वाधा अवरोध आउँदै छ…………………!!
र अर्को अनौठो पनि नमान्नु होला अब नेपालमा अमेरिकी सैन्य अखाडा राख्नेको सबैभन्दा घोर बिरोध गर्दै जूलूसको नेतृत्व पनि अर्को थरी बामपंथी पार्टीले नै गर्ने छ अर्थात मौन स्वीकृति देखि बिरोध गर्नेसम्मका सबै बामपंथी उनकै दानापानी बाट हुने छन् (बुझ्न सक्नेले बुझुन्)

💥 धेरैले मेरो कुरा पत्याएनन् नपत्याउलान् पत्याउन पर्छ भन्ने पनि छैन मैले माओवादी र एमालेको पार्टी एकता पश्चिमी शक्तिले तयार गरेको भन्दा धेरैले पत्याएनन् किनभने चीनिया राजदूतले त्यसको श्रेय लिइरहेको बेला थियो, नेपालमा पश्चिमीहरुले कहिले भारतिय राजदूतलाई कहिले चिनियाँ लाई अगाडि बढाउने गर्छ। भारत संग अन्तरविरोध हुँदा चीन संग फ़ेरि चीन संग अन्तरविरोध हुँदा भारतलाई अगाडि सारेर आफ्नो दुनो सोझ्याउने गर्दै आएको नेपाल मामिलामा पश्चिमी जगतको पुरानो खेल नै हो।

💥 दक्षिण एशियाली देशमा युरोपेली युनियन र अमेरिकाले बामपंथी उत्पादनमा हात झिकिदिने हो भने तलाउमा पानी सुकेपछीको माछाको हालत हुने छ, यो उनीहरुको दीर्घकालीन हितको लागि ब्याट्री चार्ज गरेर राखिदिएको यन्त्र मात्रै हुन। संसारभरको तेस्रो मुलुक विशेषगरी दक्षिण एशियाली देशमा भूमिगत रूपमा युद्धरत माओवादी केन्द्रको हेड्क्वाटर RIM को कार्यलय बेलायतमा थियो,त्यसको संयोजन चाहिँ अमेरिकी CIA ले गर्थे, उक्त हेड्क्वाटर द्वारा प्रकाशित हुने RIM को मुखपत्र जुन बेलायतमा छापिन्थ्यो “A world to win” भन्ने म्याग्जिन चाहिँ गुप्त रूपमा तेस्रो मुलुकमा आइपुगेको हुन्थ्यो।

💥 तेस्रो बिकाशिल मुलुकमा भूमिगत रहेर उग्र उग्र कुरा गर्ने, अमेरिकी साम्राज्यवाद पश्चिमी पुँजीवाद विरुद्धमा लडाइँ लड्न पर्छ भन्दै बामपंथी आन्दोलन चलाउने पार्टीको मुख्य मुख्य सरदारहरुलाई युरोपमा घुमाउन लैजाने तिनको सन्तानलाई छात्रवृत्ति दिने तिनले गरेको हत्याहिंसाको समाचार विश्वभर फैलाउने तिनलाई सरकारले दमन गर्न खोजे मानवअधिकारको मुद्दा उठाउने, प्रहरी आर्मीलाई मानवअधिकारको प्रशिक्षण दिने यावत् रणनीति पश्चिमी जगतले दक्षिण एसिया र अफ्रिकी मुलुकमा गरेर गृहयुद्ध बाट माथि उठ्नै नसक्ने लाचार मुलुक बनाई राख्ने निति जगजाहेर नै छ।

💥 पुर्व प्रधानमन्त्री K.P ओलीले केही महीना अगाडि भूमिगत पार्टीको नेता बाबुराम भट्टराईको छोरी कसरी बेलायतमा पढ्न पुग्यो ? भनेर प्रश्न गरेको थियो, जतिबेला मानुषी पढ्न बेलायत् जाँदै थियो त्यतिबेला बाबुरामले सर्वसाधारणको छोराछोरीलाई अमेरिकी साम्राज्यवाद भारतिय विस्तारवाद चाइनिज संशोधनवाद विरुद्धमा सम्झौताहिन संघर्ष गरेर सर्वहाराको राज्य ल्याउनु पर्छ भन्दै प्रशिक्षण दिँदै हिंड्दै थिए !
बेलायत् जान एउटा भिसा पाउन हामीले कसरी ३ पुस्ते देखाएर प्रहरी रिपोर्ट बुझाएर जानुपर्ने हुन्छ भन्ने त सबैलाई जगजाहेर भएकै कुरा हो त्यसमा चर्चित बाबुराम भट्टराईको छोरी नचिन्ने भन्ने हुन्थ्यो र ? त्यही बामपंथी भूमिगत पार्टीको छोरी श्रीमती कसरी सुटुक्क बेलायत् पुगे ? अनुमान् आफैं गरौं। त्यस्तै अर्को नेपाली नागरिकता नै नलिएर बसेको मसाल पार्टीको अध्यक्ष चित्र बहादुर केसीको सम्धी मोहन बिक्रम सिंह कसरी भारतको एअरपोर्ट बाट बेलायत् गए ? कसरी युरोपेली तीन चारवटा मुलुकको भ्रमण गरेर आए ? ऊनी युरोपमा छँदाछँदै एउटा नेपाली मिडियाले तस्वीर सार्वजनिक गरेपछि पनि फ़ेरि कसरी सहजै फर्के होलान् ? जबकि उनलेे त्यतिबेलासम्म नेपाली नागरिकता नै बनाएको थिएन !! बाँकी आफैं बुझौं।

💥 मध्यपुर्वमा जबसम्म “तेल” रहन्छ तबसम्म अमेरिकी सेना रहन्छ जबसम्म सेना राख्नुपर्ने हुन्छ तबसम्म मुस्लिम देशमा उग्रवादी मुस्लिम उत्पादन गर्ने उनै हुन् आतंककारीको नाउँमा दमन गर्ने पनि उनै हुन्, त्यस्तै नेपालमा अमेरिकी सेना प्राकृतिक प्रकोप भूकम्प आगालागी आदिको लागि नेपालमा बस्ने भनेर जतिसुकै तर्क दिएता पनि नेपालमा आगामी दिनमा जातीय हिंसा धार्मिक हिंसा उग्र खालको कम्युनिस्ट हिंसा उत्पादन नभएसम्म अमेरिकी सेनाको नेपाल बस्ने औचित्य पुष्टि हुँदैन त्यसैले अहिल्यै देखि समाजमा “म” माने मंगोल “अ” माने “आर्य” बुद्ध माने हिन्दु बिरोधि हिन्दु माने बुद्ध बिरोधि हुनैपर्ने जसरी समाजमा मनोबैज्ञानिक रूपमा प्रशिक्षित भैरहेको छ गराई रहेकोे छ त्यसले ल्याउने भनेको आगामी दिनमा समाज बिभाजन नै हो बिभाजित समाजले ल्याउने भनेको अन्ततः गृहयुद्ध नै हो।

साभार : मोहन लामा रुम्बा (फेसबुक वाल बाट)

प्रतिक्रिया दिनुहोस्

Array