प्रदेशका स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।

घटनापछि आफूहरूले उदार गरेको जिल्ला प्रहरीले कार्यालयले एसपी सुरेश काफ्लेले बताए । विमलालाई अहिले इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array