रुपन्देही बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ६ जनाको सनाखत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  –  रुपन्देहीको रोहिणी गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये ६ जनाको सनाखत भएको छ । ३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस आइतबार विहान रोहिणी पुलबाट नदीमा खस्दा मृत्यु हुने ६ जनाको पहिचान खुलेको छ भने ३ जनाको अझै सनाखत नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-८ कि ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा-२ योगीकुटीका ६५ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास रहेका छन् ।

यस्तै रुपन्देहीकै बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, भारत जनकपुरग्रामका ४० वर्षीय अरबिन्द शर्मा छन् । परिचय नखुलेका ३ पुरुष ३० देखि ४५ वर्षसम्मका देखिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए । घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array