जिसस कास्की प्रमुखमा एमालेका पाैडेल निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ -जिल्ला समन्वय समिति कास्कीकाे प्रमुखमा एमालेका लिलाधर पाैडेल निर्वाचित भएका छन्।

पाेखरा महानगर-२२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससकाे प्रमुखमा उम्मेद्वार बनाएकाे थियाे । उनले ६ भाेट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छिन् । उनले गठबन्धनकी उषा थापालाई हराएकी हुन् । ढकाल कांग्रेस र थापा माओवादीबाट उम्मेद्वार थिइन् ।

५ पालिका रहेकाे कास्कीमा एमालेले २ पालिकाकाे प्रमुख र ४ पालिकामा उपप्रमुख जितेकाे थियाे । कांग्रेसले २ पालिकाकाे अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पाेखरा महानगरकाे प्रमुख जितेकाे हाे।

प्रतिक्रिया दिनुहोस्