काठमाडौँ —प्रबिधि बिकास सगै हरेक कुरा डिजिटल भै रहेको छ। विश्व को अधिकांस ले डिजिटल हुनु लाइ बिकास को फड्को मार्नु बुझेको छ भने विभिन्न देश को केहि विज्ञ र अभियन्ता हरु को बिचार फरक देखिएको छ। आधुनिकीकारण को नाम मा डिजिटल बैंक , व्यवसाय ले निश्चित व्यापारी को हात मा संसार को नियन्त्र हुन गैरहेको आरोप लगाएको छ। सफ्टवेर कम्पनि , यन्त्र र तेस्लाई संचलान गर्ने हरु मुठी भर को व्यापारी नै हो, बैंकिंग वा अन्य प्रयोजन को लागि खरिद गरेको सफ्टवेर मार्फत भाको सुचना र तथ्यांक अन्ततगोत्व ति कारोबार वा काम को लागि प्रयोग भाको सफ्टवेर कम्पनि ले सजिलै थाह पाउने छ । फलस्वरूप ति तथ्यांक उनि हरु आफ्नो अनुकुल जुन सुकै बेला बेच्ने वा बिरुद्ध प्रयोग हुने हो कि, फरक मत राख्ने हरु को दावी छ।
फेसबुक लगायत विभिन्न ठुल ठुला वेबसाइट हरु ह्याक हुने कुरा बेला बेला समाचार मार्फत सुन्ने गरेका छौ। यद्धपि डिजिटल प्रबिधि ले छिटो सजिलो काम को लागि सेवाग्राही लाइ सहज भने बनाको छ तर सुरक्षा को सवाल भने बेला बेला उठ्ने गरेको छ जुन अति आवस्यक र अपरिहार्य छ।
अर्कोतिर अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट भाषणमा पूर्ण डिजिटल (डिजिटल–ओन्ली) बैंक स्थापना गर्ने घोषणा गरे । पूर्ण डिजिटल बैंक स्थापनाका लागि आवश्यक सबै व्यवस्था मिलाउने मन्त्री शर्माको भनाइ थियो । घोषणामा भनिएअनुसार बैंक स्थापना भए यो नेपालकै पहिलो पूर्ण डिजिटल बैंक हुनेछ ।
छिमेकी मूलक भारतमा यस वर्ष एकैपटक ७५ वटा डिजिटल बैंक स्थापना गर्ने त्यहाँकी वित्तमन्त्री निर्मला सीतारमणले बताएकी छन् । उत्तरी छिमेकी चीनमा भने विश्वकै ठूलो डिजिटल बैंक सञ्चालनमा छ ।
उक्त ‘ग्लोबल टप हन्ड्रेन्ड डिजिटल बैंक र्याङ्किङ, २०२२’ प्रतिवेदनअनुसार सन् २०२१ मा विश्वका अग्रणी सय डिजिटल बैंकको एकत्रित सम्पत्ति २ ट्रिलियन (२० खर्ब) अमेरिकी डलर पुगेको छ । तिनले वर्षभरिमा ५१ बिलियन (५१ अर्ब) डलर कुल आम्दानी गरेका छन् । अध्ययनमा उल्लेखित सय डिजिटल बैंकमध्ये २९ वटाले मात्रै नाफा कमाइरहेको प्रतिवेदनमा उल्लेख छ । नाफा कमाउनेमा चीनको वी बैंक, अमेरिकाको एली बैंक, नेदरल्यान्ड्सको आईएनजी समूहअन्तर्गतको डिजिटल बैंकलगायत छन् । वी बैंकलाई उदाहरणीयसमेत मानिएको छ ।
डिजिटल बैंकसम्बन्धी यस्तो अध्ययन पहिलोपटक भएको ब्यांकरको दाबी छ । ब्यांकरको ‘ट्याब इन्साइट्स’ नामक संस्थाले डिजिटल रूपमा मात्रै सञ्चालित विश्वका बैंकहरूको लेखाजोखा गरेको हो । यी बैंकका भौतिक आउटलेट छैनन् वा कम छन् । सबै बैंकिङ कार्य अनलाइनमार्फत हुन्छ । परम्परागत वाणिज्य बैंकहरूसँग नजोडिईकन यिनले ग्राहकलाई पृथक् भर्चुअल बैंकिङ अनुभव प्रदान गर्छन् । विश्वका ३६ मुलुकका डिजिटल बैंकबारे अध्ययन गर्दा व्यक्तिगत वित्त, सम्पत्ति व्यवस्थापन र साना तथा मझौला बैंकिङमा जोड दिने बैंकहरू बढी नाफा कमाउन सफल भएको उक्त अध्ययनको निष्कर्ष छ ।
एली र आईएनजी विश्वमै पहिलो पुस्ताका पूर्ण डिजिटल बैंक हुन् । प्रविधिमा आधारित यी बैंकहरूले गैरडिजिटल ग्राहकलाई सेवा दिँदैनन् । अर्थात्, मोबाइल फोन, इन्टरनेट वा कम्युटर नचलाउनेले यी बैंकमा पहुँच राख्न सक्दैनन् । अमेरिकाकै सबैभन्दा ठूलो डिजिटल बैंक एलीको सम्पत्ति १ खर्ब ७३ अर्ब डलर छ । यसलाई डिजिटल बैंकको विश्वव्यापी सूचीमा दोस्रो नम्बरमा राखिएको छ । सन् २०२१ मा आवास कर्जा, लगानी कर्जा, बिमाहरूमा राम्रो प्रतिफल हासिल गरेर एली बैंकले कीर्तिमानी कायम गरेको अध्ययनले जनाएको छ । सूचीको तेस्रो स्थानमा रहेको आईएनजी ग्लोबलको सुविधा अस्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेलायत र अमेरिकामा उपलब्ध छ । आईएनजी बैंकको शाखारहित रिटेल बिजनेसका रूपमा सन् १९९७ मा स्थापना भएको आईएनजी डाइरेक्ट आधुनिक डिजिटल बैंकिङमा सफल मानिन्छ ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण अमेरिकामा ब्राजिलको नु ब्यांक नाफा कमाउनेहरूको सूचीमा पर्छ । दक्षिण अफ्रिकामा टाइम बैंक सफल छ भने बेलायतमा वाइज बैंक, मध्यपूर्वमा मासरेक बैंकको एनईओ सफल छ । दक्षिण पूर्वी एसियामा थाइल्यान्डको लाइन बीकेले पछिल्लो ३ वर्ष निरन्तर नाफा कमाइरहेको छ ।
पूर्ण डिजिटल बैंकको नाफा–घाटाको ग्राफ हेर्दा सन् २०२२ मा यिनले मनग्गे नाफा कमाउने अध्ययनको निचोड छ । ‘अहिलेका अग्रणी सयवटा बैंकमध्ये सन् २०२४ सम्ममा अधिकांश बैंक नाफा कमाउनेको सूचीमा पर्नेछन्,’ अध्ययनको आकलन छ, ‘सूचना प्रविधिमा भएको प्रगति र ग्राहकको सहजता, यी दुई कारणले बैंकिङ प्रणालीमा ठूलो परिवर्तन ल्याइरहेका छन् । नियामकलाई भने चुनौती थपिएका छन् ।’
भारतमा त्यहाँको रिजर्भ बैंक र नीति आयोगले डिजिटल बैंकलाई नियमन गर्न यसैपालि पहिलोपटक रेगुलेटरी ट्रयाक (नियमनकारी नीति) बनाएको छ । मुलुकका ७५ जिल्लामा ७५ वटा डिजिटल बैंक बनाउनेबारे बजेटमै घोषणा भएपछि उक्त नीति बनाइएको हो । त्यहाँको मुख्य बैंकिङ प्रणालीमा हुलाक कार्यालयहरू शतप्रतिशत जोडिएको हुनुपर्ने व्यवस्था छ ।
हामीकहाँ पनि दुर्गम क्षेत्रमा वित्तीय सुविधा पुर्याउने कुरा बजेट भाषणमा समावेश थियो । साथै, डिजिटल बैंकिङ सेवाको गुणस्तर तथा सुरक्षा प्रत्याभूत गरिने अर्थमन्त्री शर्माले बताएका थिए । बजेट कार्यान्वयनमा प्रश्न उठ्ने गरेकाले हामीकहाँ कहिले, कस्तो र कसरी डिजिटल बैंकको स्थापना हुन्छ, नियमन कस्तो हुन्छ भन्नेबारे जनचासो छँदै छ ।
प्रतिक्रिया दिनुहोस्