काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति आज सार्वजनिक गर्ने बताएको छ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ । गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको कार्यक्रम आज सार्वजनिक गरिने भएको हो ।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा खतिवडाले थप छलफल गर्न चाहेपछि मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो । डा. खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर पनि भएकाले उनका थप केही सुझावका लागि मौद्रिक नीति सार्वजनिक कार्यक्रम पर सारिएको अनुमान गरिएको छ ।
बैंकको बोर्ड बैठक लगत्तै मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
यस पटकको मौद्रिक नीतिलाई निजी क्षेत्रसहित अधिकांशले चासोका साथ पर्खिएका छन् । सरकारले पनि आर्थिक संकटलाई समाधान गर्ने गरिको नीति ल्याउने बताउदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्