‘केजीएफ ३’ रिलिज २०२४ मा, निर्माता भन्छन् : मार्भल युनिभर्सजस्तै बनाउँछौं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

नेपाल र भारतसहित विश्व बक्सअफिसमा ‘केजीएफ’को दोस्रो श्रृंखलाले आँधी ल्यायो । दक्षिण भारतीय कन्नड भाषी फिल्मले नेपाली बक्सअफिसमा अहिलेसम्म २० करोडभन्दा बढी ग्रस कमाइ गरेको जनाइएको छ ।

१००० करोड कमाउने पहिलो भारतीय फिल्म मात्र हैन, नेपाली बक्सअफिसमा समेत यसले थुप्रै कीर्तिमान कायम गरेको छ । दर्शकमाझ फिल्मको तेस्रो च्याप्टरलाई लिएर प्रतिक्षा छ ।

यश स्टारर फिल्मको तेस्रो सिक्वेल छायांकन आगामी अक्टोबर पछाडि सुरु हुने र सन् २०२४ मा रिलिज हुने निर्माताले जनाएका छन् । निर्माताले हलिउडका मार्भल सिनेम्याटिक युनिभर्सकै शैलीमा फिल्म निर्माण हुने समेत जनाएका छन् ।

निर्माता विजय किरागन्दुरले हालैको एक अन्तर्वार्तामा अक्टोबरपछि मात्र फिल्म सुटिङमा जाने बताए । उनी केजीएफ फिल्म निर्माण कम्पनी हमबेल फिल्मसका प्रमुख समेत हुन् ।

दैनिक भाष्करसँगको अन्तर्वार्तामा उनले भने, ‘हामी मार्भल सिनेम्याटिक युनिभर्सजस्तै शैलीमा फिल्म बनाउन चाहन्छौं । हामी अलग फिल्ममा अलग पात्रहरु ल्याउन चाहन्छौं । स्पाइडरम्यान र डक्टर स्ट्रेन्जमा जस्तो । जसकारण हामी दर्शकमाझ पुग्न सक्छौं ।’

केजीएफ २ ले हिन्दीभाषी क्षेत्रमा समेत भारतमा ४२० करोड कमाएको छ । विश्वभर यसको कमाइ १२०० करोड भारु निकट पुग्न लागेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्