मतपत्रलगायतका सामग्री जिल्ला हुँदै मतदान केन्द्रमा पुर्याइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ बैशाख २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डाै – आउँदो शुक्रवार हुने पालिका चुनावको लागि देशभर मतपत्र ढुवानी सकिएको निर्वाचन आयोगले जनाएको छ ।आयोगकाअनुसार चुनावको लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा पुगिसकेको र जिल्लाबाट मतदान केन्द्रसम्म पुर्याउने काम तीव्र रुपमा भइरहेको छ । मतपत्रसहितका ५८ प्रकारका सामग्री केन्द्रसम्म पुर्याउने काम भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

पालिका चुनावको लागि आयोगले १ करोड ९४ लाख थान मतपत्र छपाएको छ । निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाखभन्दा बढी कर्मचारी चुनावमा खटाइएको छ ।

देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ पालिकामा ३५ हजार २ सय २१ पदका लागि आउँदो शुक्रवार मतदान हुँदैछ। साभार उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्

Array