जलजला गाउँपालिका ८ नाग्लीवाङमा संयुक्त गठबन्धनको कोणसभा सम्पन्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ बैशाख २०७९, सोमबार
1 Min Read
Aa

पर्वत । जलजला गाउँपालिकामा संयुक्त गठबन्धनका उम्मेदवारको पक्षमा जनलहर उर्लिएको छ । नेपाली काँग्रेस र नेकपा माओबादीका कार्यकर्ताहरुको व्यापक सहभागिता सहित जलजला ८ नाग्लीवाङमा आज कोणसभा सम्पन्न भएको वडाध्यक्षका उम्मेदवार हरिविकास जिसीले बताउनुभयो ।

पालिका अध्यक्षका उम्मेदवार राजुप्रसाद आचार्य, उपाध्यक्षका उम्मेदवार दीपक आचार्य, काँग्रेसका नेता विप्लव हमाल लगायत नाग्लीवाङका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभयो । अध्यक्षका उम्मेदवार राजु आचार्यले जलजलामा आफ्नो घोषणापत्र अनुसारका काम हुने बताउनुभयो ।

वहकाउ र उत्तेजनामा घोषणापत्र नबनेको बताउँदै जितेपछि घोषणापत्रमा लेखिएका कुराहरु अक्षरस पालना हुने विश्वास दिलाउनुभयो । अघिल्लो पाँच वर्ष अवधिमा आफ्नो पार्टीका नेता यामबहादुर मल्लले शुरु गरेका विकासका कामहरु लाई पनि उत्तिकै ध्यान दिएर अगाडी बढाउने आचार्यले प्रतिबद्धता जनाउनुभयो । जलजला आफैमा प्रचुर संभवना बोकेको गाउँपालिका रहेको भन्दै आचार्यले यसको संभावनालाई अझै उजागर गर्ने काम गरिने बताउनुभयो ।

उपाध्यक्षका उम्मेदवार दीपक आचार्यले गठबन्धनका उम्मेदवार सबैजना सबै पक्षमा सवल, सक्षम र उर्जाशिल रहेकोले मत र मत दुबैमा सफल हुने बताउनुभयो । उहाँले जलजलाको विकासमा नयाँ खाका बोकेर गठबन्धन आएको बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले ९ वडा रहेको जलजलाका सबै उम्मेदवारहरु अत्यधिक मत सहित विजयी हुने विश्वासमा रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्