प्रचण्डलाई जगन्नाथको सन्देश:धम्की नदिए हुन्छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफू कसैको पनि दास नभएको बताएका छन् । शनिबार भरतपुरमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले रेणु दाहाललाई चुनाव जिताउनको लागि आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको दास नभएको बताएका हुन् ।

उनले रेणुलाई चुनाव नजिताए देश संकटमा पर्छ भनेर नधम्क्याउनसमेत प्रचण्डलाई चेतावनी दिएका छन् । ‘चितवन भरतपुरको समृद्धिको लागि गठबन्धन बनेको हो ? आर्थिक तथा भौतिक पूर्वाधार विकासका लागि गठबन्धन बनेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘कसैको छोरी र श्रीमती जिताउनका लागि दास बन्न सकिदैँन । प्रचण्डको धम्कीपूर्ण भाषाले कोही डराउने वाला छैन् ।’

सत्ता गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसले उम्मेदवारीका लागि भरतपुर महानगरको प्रमुख पद माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि असन्तुष्ट पौडेलले बागी उम्मेदवारी दिएका हुन् । उनलाई फकाउन सत्ता गठबन्धन असफल भएपछि भरतपुरमा रेणु दाहालको मत काटिने निश्चित नै भएको छ । बिहीबार सत्ता गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भरतपुरको मयेरमा रेणुलाई नजिताए देश दुर्घटनामा जाने भन्दै चितवन कांग्रेसका नेताहरुलाई चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्