आज बेलुकासम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डाै – निर्वाचन आयोगले आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी हुने जनाएको छ ।मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले हिजो पालिका चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको जनाएको थियो । यसपालि दुई करोड सात लाख चार हजार मतपत्र छापिएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नु परेकाले यसअघिको लक्ष्यभन्दा धेरै छपाइ भएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

पुनः १३ लाख चार हजार मतपत्र छापिएको हो । आयोगले ६ महानगर र भक्तपुरका लागि आवश्यक मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि छपाइ थालेको थियो । पालिका चुनावका लागि कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् । साभार उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्

Array