सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०७९, बिहीबार
2 Min Read
Aa

 सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको हो।सशस्त्रमा दुई वटा एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका छन्।वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधिपद्धती कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामु निरीह देखिएका छन्।

संगठन सुदृढीकरण गर्ने र विधिसम्मत सरुवा बढुवा गर्ने प्रतिबद्धता जनाएका अर्याल सुरुवातमै वेथितिको साझेदार बनेका छन्। उनी सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले अमूक अधिकारीको फाइदाका लागि योजनाबद्धरुपमा एकल बढुवा सिफारिस गरेको हो।

सशस्त्रमा रिक्त दुई एआईजीमा बढुवाका लागि चार जना डीआईजीले आवदेन दिएका थिए। पौडेलसहित चन्द्रप्रकाश गौतम, वंशी दाहाल र किशोर प्रधानको आवेदन परेको थियो। प्रधानले एआईजी बढुवाका लागि निवेदन दिए पनि आवेदकमध्ये कनिष्ठ भएका कारण उनको सम्भावना कम थियो।

तत्कालीन आईजीपी शैलेन्द्र खनालले अवकाश पाएपछि पुष्पराम केसी आईजीपी भएका थिए। आईजीपी हुनेवित्तिकै केसीले राजु अर्याललाई एआईजीमा सिफारिस गरे। आइतबार केसीसँगै एआईजी रामशरण पौडेलसमेत अवकाश भए। आइतबार नै अर्याललाई सरकारले सशस्त्रको आईजीपीमा नियुक्त गर्‍यो। अर्याल आइजीपीमा नियुक्ति भएको र पौडेलले अनिवार्य अवकाश पाएपछि सशस्त्र प्रहरीमा दुईवटा पद रिक्त भएको थियो।

वरियतामासमेत अघि रहेका डीआईजीहरु पौडेल र गौतम एआईजीमा सहजै बढुवा हुने अवस्था थियो। वरियता र कार्यक्षमतामा पनि अगाडि उनीहरु आईजीपी अर्यालका व्याची हुन्। एआईजी बढुवाका लागि आवदेन दिएका कनिष्ट दाहाल विभागीय कारवाहीमा परेका विवादित भएकाले उनको सम्भावना थिए।

सबै हिसाबले पौडेल र गौतम रिक्त दुई पदमा स्वभाविक दाबेदार भएपछि ब्याची आईजीपी अर्यालले पौडेललाई बढुवा सिफारिस गर्दा गौतमलाई छुटाए। अर्यालको नेतृत्वमा सशस्त्रमा रिक्त पदमै विभेद गरियो।

प्रतिक्रिया दिनुहोस्

Array