निर्वाचन आयाेगले भन्याे– उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धम्की नदिनु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०७९, शुक्रबार
1 Min Read
Aa
?????????????????

काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन भनेको छ । आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यसमा आफ्नाे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने भन्दै आयोगले उम्मेदवारी दर्ता गरेर चुनावी प्रक्रियामा भाग लिन पाउने जो कसैको पनि अधिकार नखोस्न भनेको छ ।

गठबन्धनमा आबद्ध दलहरूले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई मनोनयन फिर्ताका लागि दबाब दिइरहेको खबरहरु सार्वजनिक भइरहेको बेला आयोगको यस्तो विज्ञप्ति आएको हो ।

साभार उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्